नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य नभएको उहाको सचिबालयले जनाएकाे छ ।
माधव कुमार नेपालका स्वकिय सचिब मोहन गौतमले फेसबुक मार्फत सबै कुरा गलत भएको जनाउनु भएको छ साथै आफै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहाॅहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टी लिने नियोजित कोशिस भएको पनि उहाले बताउनु भएको छ।
बिगत लामो समयदेखि पार्टीमा बिधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई (अल्पमत, बहुमत वा सर्वसम्मत जे हुॅदा पनि ) उठाउॅदै आउनुभएका उहाॅले अनौपचारिक परामर्शको आधारमा गठन गरी सचिवालय बैठकबाट (उहाॅहरूकै माग बमोजिम) अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाहमा नपर्न सबैमा सादर अनुरोध पनि गर्नु भयको छ ।
एक इमान्दर नेता 🙏🙏