उत्तरी छिमेकी चीनका रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने भएका छन्।
उच्च सरकारी स्रोतका अनुसार जनरल फेङहेको अर्को साता हुने नेपाल भ्रमणको अहिले तयारी चलिरहेको छ।
उनी काठमाडौं आइपुग्ने दिनको भने अझै टुंगो लागिसकेको छैन। नेपालमा रहँदा रक्षा मन्त्री फेङहेले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन्। उनी अरू कुन-कुन कार्यक्रममा सहभागी हुन्छन् भन्ने टुंगिन बाँकी छ।
नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे कुनै औपचारिक जानकारी दिएका छैनन्।