कम्युनिष्ट आन्दोलन एऊटा श्रृङ्खला हो । यो वर्गीय आन्दोलनको श्रृङ्खला हो । समाजमा वर्गहरूको अस्तित्व रहे सम्म यो जारी रहन्छ । सामाजीक परिवर्तन र आर्थिक रूपान्तरणका हरेक चरणमा नया दायित्व र भूमिकाका साथ अघि बढिरहन्छ । सन १८४८ मा कार्लमार्क्स द्वारा कम्युनिष्ट घोषणा पत्र जारी भएपछि कम्युनिष्ट आन्दोलनले संगठित स्वरूप र निस्चीत दिशा लीएको हो । तत्पस्चात संसार भरी निरन्तर संघर्षको मैदानमा अनेक किसीमका हण्डर-ठक्कर खादै, उकाली-ओराली पार गर्दै अनी विजय-पराजयका अनुभव सँगाल्दै आन्दोलन अघी वढिरहेको छ ।
यस क्रममा आन्दोलनले कयौ विजय-पराजयका अनुभव संगालेको छ । संगठन-विघटन तथा पुनर्गठनका अनेक चरण उपकरणहरू पार गरि सकेको छ । पेरिस कम्युनको अनुभव, रूसी अक्टोबर क्रान्तिको अनुभूती, र चिनी नया जनवादी क्रान्तिको शिक्षा, भियतनामको क्रान्ती, क्युबाको क्रान्ति हुदै आन्दोलन अघि वढेर आईरहेको छ । यस पछि पनि संसार को कम्युनिष्ट आन्दोलनले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा सहित सम्पूर्ण युरोप र विश्वभरी उलट-पुलट उथल- पुथल ल्याऊदै एउटा युगको अन्त्य समेत भैसकेको छ ।
कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको अग्रगतिको निमित्त सोच्ने, चिन्तन गर्ने र सम्पूर्ण जीवन नै समर्पित गर्ने कयौ पुस्ता विती सकेको छ । मार्क्स-एगेल्स, लेनीन-स्टालीन, र माओत्सेतुङ्ग-देङ्सियाओपिङ, हुदै कमरेड होचिमिन्ह, फ्रिडेल क्यास्ट्रो सम्मले आफ्नो जीवन गुजारी सकेका छन । समाजवादी विकाशको एउटा युगकै प्रतिनिधित्व गर्ने सोभियत समाजवादी गणतन्त्र संघ सहित सम्पूर्ण पूर्वि युरोपको समाजवादी व्यवस्थाको पतन भैसकेको छ । सम्पूर्ण पूर्वी युरोप अहिले कम्युनिष्ट आन्दोलनको पुनर्गठनको सकसपूर्ण अवस्थामा पुगेको छ । तेस्रो विश्वका राष्ट्रहरूमा समेत कम्युनिष्ट आन्दोलनले नविन सोच र चिन्तनका साथ अघि वढ्नु पर्ने वाद्यात्मक अवस्थाको श्रृजना भैसकेको छ ।
ठिक यसै वेलामा नेपाल कम्युनिष्ट पार्टी व्यापक जनताको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको रूपमा स्थापीत भएको छ । पार्टीका संस्थापक कमरेड पुष्पलाल श्रेष्ठले अघि सार्नु भएको विचार र जननेता कमरेड मदन कुमार भण्डारीको नविन चिन्तन, सोच र शैलीका साथ अघि वढेर यहा सम्म आई पुगेको हो । नेपाली कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनको पनि एउटा महत्वपूर्ण हिस्सा हो । यसले नेपाली क्रान्तीको कार्यक्रमको रूपमा जनताको वहुदलीय जनवादलाई अंगीकार गरेर विश्व कम्युनिष्ट आन्दोलन मै नया आयाम थप्ने सोच अघि सारेको थियो ।
हिजो आज सम्पूर्ण विश्वमा आएको प्रजातान्त्रिककरणको लहरले कम्युनिष्ट आन्दोलनलाई पनि प्रभावित गरेको हो । त्यस अनुसार नेपाली कम्युनिष्ट आन्दोलनले पनि विश्व कम्युनिष्ट आन्दोलनलाई निकै आकर्षित गरेको छ । संसारका धेरै देशका कम्युनिष्ट पार्टीहरूले आफ्ना सिध्दान्त, निती र कार्यक्रमलाई परिष्कृत र विकसित गर्दै समय सापेक्ष तथा विश्व परिस्थीती अनुकुल वनाऊदै अघि वढेर सफलता समेत हासिल गरि रहेका छन । नेपाली कम्युनिष्ट आन्दोलन समकालीन विश्वमा चालु वामपन्थी आन्दोलनहरू मध्ये सर्वाधिक सफल आन्दोलन पनि हो ।
नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नै धरातल, सोच र चिन्तनलाई नया ढंगले पुनर्गठित र स्थापीत गर्दै अघि वढिरहेको छ । नेपाली कम्युनिष्ट आन्दोलन व्यापक जनसमर्थन आर्जन गर्दै तिव्र गतिले अघि वढिरहेको अवस्था हो । अव यसले आफ्नो वर्ग आधार तथा जनाधारलाई व्यापक र फराकिलो गर्नु पर्दछ । अहिले हामीले आफ्नो पहिचान र विश्वास अनी आदर्शलाई अझ मजबुत पार्दै अघि वढ्न सक्नु पर्दछ । नेपाल कम्युनिष्ट पार्टी नै एक मात्र भरपर्दो र लोककल्याणकारी राजनितीक शक्ती भएको कुरा जनताको विचमा सावीत गर्नु पर्दछ अनी अरू राजनितीक पार्टीहरू क्षणिक र भ्रम मात्र हुन भन्नेकुरा प्रमाणित गर्न सक्न्नु पर्दछ ।
वास्तवमा सवै किसीमका पुजीवादी राजनीतिक विकल्पहरू भूत र विगत मात्र हुन । नेपाल कम्युनिष्ट पार्टीले लिएको समाजवाद निर्माण अर्थात समाजवादी विचार भविष्य मुखी विकल्प हो । हामीले गर्ने हरेक काम कार्वाही र राजनितीक निर्णयहरू भविष्यका निम्ती गर्नु पर्दछ । हाल नेपाली कम्युनिष्ट आन्दोलनको मुल शक्ती नेकपा विगत संग सम्झौता गर्दै वर्गीय रूपले घोलमोल वाटो समातेर अघि वढ्न खोजी रहेको देखीन्छ । पार्टीका निती तथा कार्यक्रमहरू भविष्य प्रती चिन्तीत तथा आकर्षक भए पनि नेतृत्व भने नव-उदारवादी व्यक्तिवाद तर्फ उन्मुख भएको छ । देश, जनता र पार्टीको भविष्य प्रती सम्वेदनशिल हुनु भन्दा आफ्नै सुरक्षामा केन्द्रीत भएर वलीयो गुटवन्दीमा रमाएको देखीई रहेको अवस्था छ । पार्टी नेतृत्वले आफुलाई ठिक ढंगले सच्याउन, सुधार गर्न र मार्क्सवाद जनित समाजवादी लक्ष तर्फ अघि वढाऊन तयार नभए पार्टी विसर्जन तर्फ जाने खतरा बढ्दै छ ।
कम्युनिष्टहरूका हरेक कदम र निर्णयले भविष्यलाई उज्यालो वनाऊनु पर्छ । हाम्रा सवै निर्णय र कामका परिणामहरूले भविष्यको पुस्ता र युवाहरूलाई आकर्षित गर्नु पर्दछ । हाम्रा निती र कार्यक्रमहरूले नया पुस्तालाई सहयोगी र सहभागी गराउन आह्वान गर्नु आवस्यक हुन्छ । हामीले हाम्रो पार्टी, संसद र सरकारमा त्यसलाई कत्तिको अंगीकार गरेका छौ । व्यवहारमा मूल्याङ्कन गर्दै अघि वढ्नु आवस्यक छ । हाम्रो पार्टीले संगठन निर्माण, आम जनपरिचालन, अनी जनता र जनसंघर्ष सञ्चालनमा युवा पुस्ताको कत्तीको रहर लाग्दो सहभागिता गराई रहेको छ । गम्भीरता पूर्वक समिक्षा गरिनु आवस्यक हुन्छ ।
जील्ला तथा प्रदेश स्तरको नेतृत्वमा अहिले पनि युवाहरूको उपस्थिती महत्वपूर्ण छ । तर निती निर्माण गर्न र निर्णय कार्यान्वयन गर्नमा पुरानो पुस्ता नै हावी देखीन्छ । अहिले नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताले विदा लिई सकेको छ । तेश्रो महाधिवेशन पछिको पुनर्गठन कालमा सकृय दोश्रो पुस्ता पार्टीको नेतृत्व गरि रहेको छ । यो पुस्ताले अव क्रमशः विदा लिने वेला हुन लागेको अवस्था हो । अव पार्टी नेतृत्वमा तेश्रो पुस्ताको प्रभावकारी उपस्थीती अर्थात हस्तक्षेप जरूरी भैसकेको छ ।
स्थापना कालको पहिलो पुस्ताले देश र जनताको निम्ती जीवन दिएर विदा लिई सकेको छ । तेश्रो महाधिवेशन पछि विभाजीत कम्युनिष्ट आन्दोलनलाई झापा आन्दोलन, हर्रे-वर्रे संघर्ष, जुगेडी संघर्ष र प्युठान सहित पस्चीम नेपालमा भएका आन्दोलनले पुनर्गठन सुरू गरेको थियो । यो नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको दोश्रो पुस्ता हो । यो पुस्ताले पनि देशको विभाजीत कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्नुका साथै गणतन्त्र नेपाल स्थापना सम्मको यात्राको सफल नेतृत्व गरिसकेको छ । यसले यथेष्ठ मात्रामा आफ्नो क्षमता प्रदर्शन गरि सकेको अवस्था हो । अव आन्दोलनलाई सहि दिशा दिएर परिणाम मुखी वनाऊने जीम्वेवारी तेश्रो पुस्ताले लीनु पर्दछ ।
तेश्रो पुस्ता जो २०२५ साल देखी २०३५ साल सम्म भएका विभीन्न आन्दोलनको प्रभाव र आकर्षणवाट कम्युनिस्ट पार्टीमा संगठित भएको पुस्ता हो । अर्थात २०३५\०३६ को विद्यार्थी आन्दोलन देखी २०४६ सालको जनआन्दोलन सम्मको अवधीमा संगठन, संघर्ष, र प्रचारको काममा कृयाशिल तव्का नै तेश्रो पुस्ता हो । यो पुस्ता पार्टीको सैध्दान्तीक, वैचारिक र राजनीतिक अध्ययन, अनुसन्धान र परिष्कार गर्ने काममा समेत कृयाशिल छ । जनतावाट सिकेर जनतालाई सिकाऊने अशल कम्युनिष्ट आदर्श र परम्परावाट प्रशिक्षित पनि छ । यो प्रगतीशिल आचरण अनी जनपक्षिय संस्कारमा मज्जाले हुर्केको पुस्ता हो । यो पुस्ताको नेपाली कम्युनिष्ट आन्दोलनको संगठन विकाश र अग्रगतिमा उल्लेख्य भूमिका रहेको कुरा निर्विवाद छ ।
अझ प्रष्ट भन्ने हो भने २०३५ \०३६ सालको विद्यार्थी आन्दोलन, २०३८ सालको शिक्षक आन्दोलन, २०४२\०४३ को जनपक्षिय अभियानमा सामेल यो पुस्ता २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा खुल्ला छाती लिएर निर्धक्क साथ मैदानमा नेतृत्व गरेर खारिएको पुस्ता हो । यो पुस्ता नै थियो जस्ले पार्टीलाई गणतन्त्र तिर अग्रसर गरायो र ०६२\०६३ को जनक्रान्तीको भूमिका वनाऊन सफल भयो । अहिलेको नया पुस्ता या तेस्रो पुस्ता यहि नै हो । यो पुस्ताले विगतमा भएका सामाजीक परिवर्तन र प्रजातान्त्रिक रूपान्तरणको आन्दोलनमा निर्णायक शक्तिको रूपमा भूमीका निभाएको हो । यो पुस्तालाई यथोचित रूपमा स्थापीत गरेर कृयाशिल वनाऊदै व्यवहारिक रूपमा अघि वढाऊनुमा नै अहिलेको नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य निहीत छ ।
यो पुस्ता पार्टीको निती निर्माण प्रक्रिया, सङ्गठनात्मक संरचना, अनी संघर्षका हरेक मोर्चामा खारिएको दक्ष जनशक्ति पनि हो । यो तव्कालाई विश्वासका साथ संसदीय तथा गैर संसदीय क्षेत्र सहित राजकिय मामीलामा समेत कुशलता, क्षमता अनि योग्यताका साथ परिचालन गर्नु पर्दछ । यो दरिलो ईच्छा शक्ती र जोश जागरले भरिएको तागतलाई पार्टीले वढि से वढी प्रोत्साहन र परिचालन गरि उत्साही कामकाजी र चलायमान वनाउदै भविष्य निर्माणमा लगाऊनु आवस्यक छ । यस्तो सत्कर्ममा हामी लागी रहेका छैनौ ।
मेरो विचारमा तेस्रो पुस्ता या नया पुस्ता नेपाली कम्युनिष्ट आन्दोलनको अक्षय कोष हो । यो कोषमा धमिरा लाग्न दिनु उचित हुदैन । यो अक्षय कोषमा अहिले नया आम्दानी हुने क्रम रोकिएको छ । यस कोषमा आम्दानी वढाऊन, यसलाई संरक्षण तथा प्रवर्धन गर्न अनी सदुपयोग गर्नका लागी पुरानो नेतृत्वले कौशल र क्षमता देखाऊनु पर्दछ । यो पुस्तालाई संरक्षण र स्थापित गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ वलियो शसक्त र प्रभावकारी वनाउनु वर्तमान नेतृत्वको मूल जिम्मेवारी हो । परिस्थितिको माग हुदा हुदै पनि नेतृत्व आफु भन्दा पछि फर्केर हेरि रहेको देखीदैन ।
नया पुस्ता संग नेपाली कम्युनिष्ट आन्दोलन र भावी पुस्ताको भविष्य गासिएको कुरा पुरानो नेतृत्वले अझै वुझ्न सकेको देखिदैन । पार्टी स्थायी कमिटीको हालैको निर्णय सकारात्मक भएपनि नेताहरूको व्यवहार र नया पुस्तालाई हेर्ने सोच र दृष्टिकोण उत्साह जनक छैन । नेताहरूको साँघुरो घेरा, गुट प्रतीको चरम आशक्ती, अनी भड्किलो र उत्ताउला खालका अभिव्यक्ति अनी मनपरी चल्ने तरिकाले
पार्टीको सुन्दर भविष्यमा समेत ग्रहण लाग्न थाली सकेको छ । यसले पार्टीको अक्षय कोषको रूपमा रहेको उर्जा हतोत्साहित भएर पलायन हुने खतरा उत्पन्न हुदैछ ।
अव नेकपाको एकता महाधिवेशन नजिकिदै गैरहेको छ । महाधिवेशन भनेको पार्टीको निती र नेतृत्व निर्माण गर्ने सवभन्दा उपल्लो निकाय हो । एउटा महाधिवेशनवाट अर्को महाधिवेशन विचमा केन्द्रीय कमिटीले महाधिवेशनका निर्णय कार्यान्वयन र व्याख्या गर्ने काम गर्दछ । आगामी महाधिवेशनले विगत महाधिवेशन देखी आजसम्म भएका प्रमुख घटनाहरूको समिक्षा गर्नुको साथै एकता प्रकृया, केन्द्रीय कमिटी, सवै केन्द्रीय निकाय र सरकारका सवै काम कार्वाहीहरूको समिक्षा र मूल्याङ्कन गर्नु पर्दछ । महाधिवेशनले समग्र पार्टी र सरकारलाई समेत आवस्यक दिशा निर्देश गर्न सक्दछ । महाधिवेशनको सर्वाधिक महत्वपूर्ण काम आगामी पाच वर्षको लागी पार्टीको नया नेतृत्व चयन गर्नु हो । नया केन्द्रीय कमिटी, केन्द्रीय पदाधिकारीहरू र केन्द्रीय निकायहरू गठन गर्ने काम समेत सम्पन्न गर्नु हो ।
महाधिवेशनको प्रकृया र पार्टीको समग्र भूमिकामा समेत पार्टीले तेस्रो पुस्ताका सक्षम युवाहरूलाई व्यवस्थीत ढंगले नेतृत्वमा ल्याऊने योजना बनाउनु आवस्यक छ । यसको निम्ती पार्टीको नेतृत्वले पदिय आशक्ती र आपसी तनाव तथा गुटबन्दीलाई तत्काल विसर्जन गर्नु आवस्यक हुन्छ । समयमै “नया नेतृत्व निर्माण र अवकाशका वारेमा” ठोस छलफल गरेर कार्ययोजना वनाउनु जरूरी हुन्छ । अन्यथा नया पुस्ताले महाधिवेशनको मैदान वाटै आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न र नेपाली कम्युनिष्ट आन्दोलन, नेपाल राष्ट्र र जनता प्रतीको अहम जिम्मेवारी “जनताको जनवाद”लाई शिरोपर गरेर अघि वढ्ने ऑट गर्नु पर्दछ ।
साँच्चै भन्ने हो भने प्रतिस्पर्धा सहितको ” जनताको जनवाद ” वर्तमान विश्व परिस्थिति र नेपाली कम्युनिष्ट आन्दोलनको विशिष्ट वैचारीक उपज र नेतृत्वमा नया पुस्ताको सैध्दान्तीक समायोजन पनि हो । यसको मूल्य, मान्यता अनी औचित्य साबित गर्न पनि नया पुस्ताले नया उर्जाका साथ पार्टीको नेतृत्व गर्ने तयारी गर्नु पर्दछ । पुरानै चाल-ढाल, पुरानै संस्कार र संकुचनवाट मुक्त नभैसकेको सोच र चिन्तनले ” जनताको जनवाद ” लाई भ्रमित र दिशाहिन वनाई रहने सम्भावना रहि रहन्छ । यसर्थ नया पुस्ताले खुल्ला र शसक्त वैचारीक पहलकदमी लिएर अग्रसरता देखाऊन पछि पर्नु हुदैन । जय जय होस ।।।