काभ्रेपलान्चोकमा पर्यटकहरूलाई आकर्षित गर्नसक्ने मठ मन्दिर ,गुम्बा र झरनालगायत अनेकौं धार्मिक र प्राकृतिक सुन्दर गन्तव्य छन् । तर आवश्यक प्रचार र प्रवर्द्धन अभावले प्रायः सबैे गन्तव्य गुमनाम छन् । यसैमध्येको एक पनौती नगरपालिका वडा १२ मा रहेको पन्चकन्या झरना पनि हो ।
पनौती बजारबाट नजिक रहेको यो झरना निकै आर्कषक छ । तर यसबारे कतिपय काभ्रे जिल्ला बासिन्दालाई पनि जानकारी छैन ।
पनौतीबाट नजिकै रहेको यो झरनामा हाल केही समय एता धेरैको संख्यामा मानिसको घुइँचो लाग्न थलेको छ । हाल नगरपालिका वडा १२ का स्थानीय लगाएत पनौती तथा बनेपा बाट जानेको संख्या धेरै रहेको स्थानीय ब्यक्तिले जानकारी दिनु भयो ।
सुन्दर झरना हुदा पनि प्रचारप्रसारको कमि , झरना सम्म जानको लागि बाटाे खराब भएको हुदा धेरै गारो भयको र सम्बन्धित निकायले पन्चकन्या झरनाको संरक्षण गर्नु पर्ने देखियको छ ।