प्रधानमन्त्री ओलीको भाषणको विरोधमा भारतीय विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेका छन् । यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएका छ्न ।
यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलहरुविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी कार्य थलेको छ ।