एउटा नारी आफ्नो जीवनको कुन भागमा स्वतन्त्र भएर जीवन चलाउन सक्छे होला । सानो उमेरमा परिवारको बन्धन , +२ मा थेरै करिअरको चिन्ता र धेरै परिवार प्रतिको आशक्ति , परनिर्भता । एक नारी स्वतन्त्र जविन कति बेला जीउन सक्छे ? के उसलाई स्वतन्त्राताको आभाष नै गर्न मन लाग्दैन् ? किन दोस्रोको कुरा सुनेर आफ्नो ईच्छा ,जोश र जागरलाई तिलाञ्जली दिन विवश हुन्छे ?
जब जीवन प्रतिको चिन्तन हुन्छ तब उनीहरुमा मौनताले किन राज गर्छ ?आफ्नो जीवनको ताल्चा परिवारलाई दिएर उ किन निष्कृय बन्न खोज्छे ?समस्याबाट भाग्ने प्रवृत्ति किन हावी हुन्छ ,जुन समय जीवन अन्योल , विसङ्गत र इच्छा विपरित हुन थाल्छ ।
एउटा महिला एस .एल् .सी.सम्म आफ्नो भविष्यको पुष्ठभुमि निर्माणमा मात्र सीमित हुन्छे । एस.एल् .सी.पछि +२ को लागि कोही चेतनाले त कोही लहिलहिमा लागेरै भए पनि गाउँबाट सहरमा पढ्न आउँछन् । +२ पनि धेर थोर गरी उसले सक्छे र एउटा विचार निर्माण गर्न तर्फ लाग्छे । त्यस समय सम्म आईपुग्दा उसको उमेर १८+ त पक्कै पनि हुन्छ । हाम्रो धार्मिक परम्परा तथा कानुनले १८ वर्ष पछिको उमेरलाई विवाह गर्न स्वीकृत गर्दछ । त्यस अवस्थामा प्राय नारीहरुले विवाहको टचर सहन गर्नुपर्ने बाध्यता आउँदछ । आफ्नो भविष्य निर्माणमा लागेकी एक नारीले आफ्नो जीवनको ठुलो निर्णय लिनु नै पर्ने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्थामा विवाह पक्षमा सबै परिवार हुन्छन् भने भविष्य निर्माणमा स्वयम् एक्लै । यस समयमा परिवारलाई धेरथोर सम्झाएर वा धम्काएर भए पनि स्नातक तहमा भर्ना गर्छे । स्नातक अध्ययन ३-४ वर्षमा सकिन्छ तर अझसम्म पनि भविष्यको यात्रा पूर्ण हुन सक्दैन उही अन्योलको अवस्था नै भई रहन्छ । अब विवाह भन्ने ठुलो पहाड उसको भविष्य निर्माण अघि आएर उभिन्छ । यो अवस्थामा परिवारसगँ विद«ोह गर्न सक्दिन र विवश भएर विवाहलाई स्वीकार गर्दछे ।
एउटा नारी आफ्नो पढाई छाडी , विवाहलाई नै भविष्य बनाएर बन्धनमा बुझेर वा नबुझीकन भए पनि बाधिन्छे । अनी त्यस पछिको जीवन उसको सायद सुख रहोस् वा दःुखद ऊ केवल कुनै पुरुषको भोक मेटाउने साधन ,परिवारको सोपिस (त्यस परिवारको बुहारीको रुपमा देखाउने सान, प्रतिष्ठाको विषय) बन्दछे । यो प्रत्यक्ष सायद नदेखिन सक्छ तर यस्तै भई नै रहन्छ ।
अनि नारी खै कहाँ स्वतन्त्र छन् स्वयम् आफ्नै जीवनमा ? प्रत्यक निर्णय किन सधै दोस्रो पक्षले गर्छ ? किन हस्तक्षेप हुन्छ नारी अधिकार तथा स्वाभिमानमा । विवाह अघि घर परिवारकोे नियन्त्रण विवाह पछि श्रीमान,सासुससुराको नियन्त्रण । के नारी वस्तु हो ? उसको स्वाभिमान छैन् ? उसको अस्तित्व छैन् ?
किन तिमी नारीहरु यति ठुलो अन्याय सहेर बस्छौँ ? किन तिमीहरु यति धेरै धैर्य गर्छौ ? यति धेरै कोमलता र क्षमा शक्ति कहाँ बाट आउछ ? हे नारी , तिमीहरु एउटा ढुङ्गालाई आफ्नो मुटुमा राखी त्यसलाई मुटु बनाएर आफ्नो मुटुलाई ढङ्गा कसरी बनाउन सक्छौँ ?
२१ औ शताब्दीमा पनि तिमीहरुको चिरहरण किन हुन्छ ? एउटा ठुलो समूहमा गएर आफ्नो विचार राख्न किन सक्दैनौँ ? के तिमीहरु सधै प्राचिन समयमा जस्तै अरुको भोक , प्यास मेटाइ दिने साधन मात्र बनेर बस्ने हो ? यदि होइन भने किन पुरुष प्रधान समाजसगँ झुकाव राखेर बस्छौँ ? आफ्नो शक्तिको प्रयोगमा किन विचल्लीत भएर , सहर्ष अन्याय र अत्यचारलाई सहन्छौँ ।
अब उठ्नु पर्छ । आफ्नो निर्णय आफै लिनु पर्छ । आफ्नो जीवनको लगाम अरुलाई नदिई स्वयम् आफ्नो सवारी आफै बन्नु पर्छ ,तब मात्र नारी स्वतन्त्र छन् भन्न सकिन्छ । #केशव सुवेदी