आज बिश्व कोरोना महामारी सङ लडिरहेकाे छ । बिश्व कोरोना सङ कसरी लड्ने र भ्याक्सिन बनाउन लागि रहेको अबस्था छ । नेपालमा पनि दिन प्रति दिन कोरोना बढीरहेको छ । धेरै कुरा जस्तै शिक्षा , स्वास्थ , अर्थतन्त्रमा ठुलो प्रभाव परेको छ तसर्थ यसले निम्त्याएका चुनौतीबाट हतोत्साहित नभई सिर्जनशील बनौ सफलता उपलब्धि र खुशीहरू क्षणिक मात्र हुन्। अझ भनौ सांसारिक उपलब्धि र प्रसिद्धि सबैकुरा झुटो हुन्, प्रकृति अर्थात् ईश्वर को अगाडि हामी सबै मानव एकै हौ।
विज्ञान प्रविधि को यो चामत्कारिक युगमा पनि यति सानो भाइरसबाट डराउनुपर्ला भनेर सायद कसैले सोचे को थिएन होला भौतिक सुख सुविधा का लागि तँछाडमछाड गर्दै दौडिरहेको मानिस आज आफ्नै घर भित्र कैदी बनेर बसिरहेको छ!
चन्द्रमा र मंगल ग्रह मा बस्ती बसाउन तम्सिएको मानव आज एउटै कोठामा बन्दी बनेर खुम्चिएर बस्नुपरेको छ त्यसैले प्रकृति बलवान् छ। जसको शक्ति र नियम को पछाडि निरीह मानिसको केही लाग्दैन!
जुन कुरा बदल्न सकिन्छ त्यसलाई बदल्न सिकौ जुन कुरा बदल्न सकिँदैन त्यससँगै आफूलाई बदल्न सिकौ। एकछिन फेरी प्रकृति लाई नै हेरौन न चर्को घाम हावाहुरी असिना भुकम्प बाढी पहिरोलाई हामी रोक्न सक्छौ न आकाश बाट पानी परिरहँदा हामी त्यस लाई रोक्न सक्छौ तर छाता ओढेर भएपनि हामी आफ्नो कामलाई निरन्तरता दिइरहन्छ त्यसै गरि डुब्न लागेको सूर्य लाई पनि रोक्न सकिँदैन रात लाई पनि छेक्न सकिँदैन तर हामी दियो बालेर पनि अन्धकार लाई थोरै उज्यालो पार्छौ,
बर्षात को समय मा पनि किसानले छाता प्लास्टिक र घुम ओढेर पनि खेती लगाउँछ त्यसैले हामी सबै महामारी देखि हतोत्साहित नभई सिर्जनशील बनौ प्रतिकुलता मा पनि अनुकुलता को सिर्जना गरौ वैकल्पिक खोजी गरौ सकारात्मक सोच राखी एक अर्कालाई सहयोग गरौ, सचेत बनौ।
हरेक कठिन परिस्थिति र चुनौती ले कहिले काही अवसर पनि लिएर आएको हुन्छ। यो कोरोना महामारी लाई पनि एउटा अवसरको रुपमा लिई अघि बढौ।
# सम्झना बरुवाल