काठमाडौँ– संसद विघटन गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो।
राजधानीको नयाँ बानेश्वर र प्रदर्शनी मार्गमा संसद विघटनविरुद्ध नारावाजीसहित पुत्ला जलाएर उनीहरुले प्रदर्शन गरेका हुन्।
दाहाल–नेपाल समूहले बिहीबार असंवैधानिक संसद विघटनको विरोधमा देशभर पुत्ला दहन गरेको छ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि हाल देशभर प्रदर्शन भइरहेको छ।