यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच आज भएको वार्ता सकारात्मक भयको छ ।
यातायात मजदुरहरुको कोरोना बीमा गर्ने ,मजदुरको मृत्यु भयमा क्षतिपूर्ति दिन कोष निर्माण गर्ने , श्रमिकहरुको लागि स्वास्थ सामाग्री , जोर बिजोर प्रणाली लगायतमा विषयमा सहमति भयको छ । सार्वजनिक यातायात उपयोग गर्दा यात्रुलाई पनि सुरक्षित रहने गरि चालक परिचालकले स्वास्थ्य सामग्री पि पि ई लगायत प्रयोग गर्ने गाडिमा सेनिटाईजर राख्ने, बस बिसौनिमा का म न पा ले सावुन पानी र सेनिटाईजर राख्ने ट्राफिक प्रहरिले यात्रुको सबारी प्रयोग गर्दा दुरि मिलाउने र बस बिसौनीमा मात्र गाडी रोक्ने कुरामा पनि सहमति भयको थियो ।
यातायात मजदुर यातायात ब्यबसायी र आम यात्रुको हित संगै स्वास्थ्य सुरक्षा लगायत व्यवस्थित र सुरक्षीत रुपमा सार्वजनिक सवारी संचालन गर्नको साथै मजदुर तथा ब्यबसायिका विभिन्न समस्यालाई समाधान गर्न,सरकार राजनितिक दल संसदिय समिती लगायत विभिन्न तहमा अहोरात्र खटेर मजदुर व्यवसायी एकसाथ रहदै हाम्रा तत्कालिन समस्या समाध गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन , नेपाल यातायात मजदुर संघ र नेपाल रास्ट्रीय यातायात ब्यबसायी महासंघको साथै संयुक्त कार्यदललाई हार्दिक धन्यवाद को साथै मजदुर ट्रेड युनियन ले हाँसील गरेका उपलब्धीहरु भोलि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी समेत गराइने कुरा अखिल नेपाल यातायात मजदुर संघकेन्द्रिय बरिस्ठ उपाध्यक्ष दिपक के शीले जानकारी दिनु भएको छ ।