शनिबार विश्वभर गठित सुदूरपश्चिमेली नेपाली समाजहरुद्वारा स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधानका निम्ति तथा नेपालमा भरि आईपर्ने प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्रमा, स्वास्थ्य तथा शिक्षा लगायत परोपकारी कार्यका लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत राहत सामग्री हस्तान्तरण गरेको सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।
गत हप्ता शुक्रबार राति बझाङ्गको केदार स्यूँ गाउपालिका वडा नम्बर ८ मा आएको भिषण पहिरोका कारण विस्थापित २० घर परिवारहरुको समस्यालाई मध्येनजर गर्दै अहिलेको यो परिस्थितिमा पिडित परिवारहरुलाई आवश्यक सामाग्रीहरु कोषको उद्देश्य अनुरुप राहत सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताएका छन ।
अध्यक्ष बलायरका अनुसार सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेत बहादुर थापाको नेतृत्वमा पूर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र सिंह, केदार स्यु गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारहरुको रोहवरमा उक्त राहात सामाग्री वितरण गरेका बताए।
विस्थापित प्रति एकपरिवार ५० किलो चामल, ५ किलो दाल, ३ किलो नुन, ३ पोका तेल लगायत प्रत्येक घर लाई खाना पकाउने र खाने भाँडा, ४४महिला र ४४पुरूष का लागि लगाउने लुगा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको सुदुरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए।
समाजको यो साझा अभियानले यस्ता परोपकारी कार्यहरुलाई निरन्तरता दिदैं जाने व्यवस्थापन संयोजक ईश्वर रोकायाले बताए ।
यस संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सुदुरपश्चिमेली नेपाली समाजहरु भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्चुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी अरबिया, युएई, अस्ट्रेलिया, कतार, डेनमार्क, युरोप लगायत सम्पुर्ण सहयोगी हातहरुलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार९प्रसार विभाग प्रमुख एवं दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडीले जानकारी दिए ।
I want to to thank you for this wonderful read!! I definitely loved every little bit of it.
I have you bookmarked to check out new stuff you post…